March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु

  • 6
    Shares

गुल्मी, गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर– १३ भगारी बस्ने २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

बुटवलबाट खाद्यान्न बोकेर तम्घासतर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारीस्थित मसिने खोलामा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रहरीले चालक र ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको