February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

थप ५०० जनामा कोरोन पुष्टि, ८४० जना डिस्चार्ज

  • 12
    Shares

काठमाडौं, शनिबार थप ५०० जनामा कोरोना पुष्टि भएको छ । योसँगौ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । आज जम्मा पीसीआर टेस्ट ५ हजार ४३४ रहेको छ ।

गत २४ घन्टामा कोरोना निको भई ८४० जना डिस्चार्ज भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै नेपलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ । हाल देशभर ३६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको