राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा राप्रपाको र्याली

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा संगठनले आज काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्याली निकालेको छ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्याली निकालेको हो ।
राप्रपाको र्याली बबहरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबारमार्गसम्म पुगेको थियो । र्यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागी थिए ।
थापा र लोहनीले माइतीघर पुगेर आन्दोलनरत उखु किसानका मागहरूप्रति समर्थन र ऐक्यबद्धता प्रकट गरेका थिए ।
प्रतिकृया दिनुहोस्