March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

प्रचण्ड र गौतमबिच भेटवार्ता, आफ्नो समूहमा आउन प्रचण्डको अनुरोध

  • 30
    Shares

काठमाडौं, नेपाल कम्यूनिस्ट पार्टी (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ । 

भेटवार्तामा  प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेको स्रोतले बताएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ । 

संसद विघटनपछि नेकपा विभाजन भएपनि गौतम अहिलेसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतैपनि खुलेका छैनन् । दुबै पक्षले गौतमलाई आफ्नो समुहमा तान्न प्रयास गर्दै आएको छ तर गौतमले निर्णय लिइसकेका छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको