February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रकै शैली देखाए: बाबुराम भट्टराई 

  • 21
    Shares

काठमाडौं, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा देखापरेको आरोप लगाएका छन् । शनिबार बिहान ट्वीट गर्दै उनले संविधान र लोकतन्त्रविरुद्ध खेलबाड भइरहँदा पनि अन्य दल टुलुटुलु हेरेर बस्नु मूर्खता भएको बताएका हुन् ।


प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नयाँ मन्त्री नियुक्ति तथा मन्त्रीको जिम्मेवारी हेरफेर गरेपछि पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रिमण्डल विस्तार र पुनर्गठन गर्ने कार्य लोकतन्त्र विरोधी भएको भट्टराईको आरोप छ । उनले यो कार्यलाई सत्ता अकाटय चलाउने पूर्व राजा ज्ञानेन्द्र शाहकै शैली भएको उल्लेख गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको