थप ६०८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, शुक्रबार थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २३७ महिला र ३७१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या नेपालमा २ लाख ५७ हजार २०० पुगेको छ ।
गत २४ घण्टामा ८९२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४८ हजार २९२ संख्या पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ९२ छ ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा ४ हजार १४२ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।
प्रतिकृया दिनुहोस्