March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

नेकपा विभाजनपछि आज पहिलोपटक मन्त्रिपरिषद बैठक बस्दै

  • 1
    Share

काठमाडौं, सत्तारुढ नेकपा विभाजन भएपछि आज पहिलोपटक मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ छ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

यसअघि सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे गरेको थियो । ओलीले मन्त्रिपरिषद बैठकबाट प्रदेश सभा सम्बन्धि निर्णय गर्ने अनुमान गरिएको छ ।

प्रदेश सरकारहरुलाई अस्थिर बनाउन अविश्वास प्रस्ताव ल्याइए कडा कदम चाल्ने चेतावनी प्रधानमन्त्री ओलीले यसअघि नै दिइसकेका छन् ।

संविधानमा राष्ट्रपतिले प्रदेशसभा भंग गर्न सक्ने व्यवस्था गरिएको छ । यसको अनुमोदन ३५ दिनभित्र संघीय संसदले अनुमोदन गर्नुपर्नेहुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको