February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

९ महिना बन्द रहेको फिल्म हल आजबाट सञ्चालनमा

  • 25
    Shares

काठमाडौं, करिव ९ महिनादेखि बन्द रहेको फिल्म हल आजबाट सञ्चालनमा आएको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै तत्काललाई ५० प्रतिशत मात्र दर्शक राख्ने गरेर हल खोलिएको नेपाल चलचित्र संघले जनाएको छ ।

शुक्रवारबाट सिंगल र मल्टीप्लेक्स दुवै हलहरु खोलिएको छ । हल सञ्चालनमा आएपनि नयाँ फिल्म भने रिलिज भएको छैन ।

आजबाट देशभरका हल सञ्चालनमा आएको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताएका छन् । उनले भने, ‘जसको हलमा आन्तरिक समस्या छ । ती केही हल नखुलेका होलान्’ शर्माले भने ‘अन्य सबै हल आजबाट खुलेका छन् ।’

शीर्ष समाचार

धेरै पढिएको