March 7, 2021, Sunday
२०७७ फाल्गुन २३, आईतवार

‘ओली गुटमा जानु भनेको अवसरवादी मात्रै हुनु हो’- मेयर शेर्पा

  • 164
    Shares

बाह्रबिसे, बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमले मुलुक गम्भिर मोडमा पुगेको बताएका छन् । मेयर शेर्पाले पार्टीमासमेत ठूलै धक्का लागको बताउँदै नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान माथि नै कुठराघात भएको बताएका हुन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताए ।

उनले भने,”ओलीले जसरी प्रतिनिधिसभा विघटन गरेका छन् यो संसद विघटन मात्रै होईन ०६२/०६३ को जनआन्दोलन, जनयुद्व र मधेश आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र, धमनिरपेक्षता, समावेशी, समानुपातिकसहितको संविधान माथिकै हमला हो । यसलाई उनले चिरहरण गर्न खोजेका छन् । ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गन गरेका छन् । किनकी नेपालको नयाँ संविधानमा संसद विघटनको प्रावधाननै छैन् ।”

उनले ओलीको यो कदम असंवैधानिक, अलोकतातन्त्रिक र जनभावना विपरित रहेको र उनमा दम्भ, घमण्ड र व्यक्तिवादी प्रवृतिले दुईतिहाई बहुमत पुगेको नेकपाको सरकार आज विघठित अवस्थामा पुगेको र यो अवस्था हुनुमा ओली प्रमुख जिम्मेवार भएको बताए । कसैको कुरा नसुन्ने, पार्टीको आधिकारिक निर्णयलाई नमान्ने, कार्यान्वयन नगर्ने ओली प्रवृतिका कारण नेकपाले पाएको जनमत गुम्ने खतरा बनेको बताए ।

उनले भने “आज ओलीका असंवैधानिक कदमका विरुद्व नेकपा लगाएत सबै विपक्षी राजनैतिक दलहरुले एकसात विरोध जनाएका छन् । यतिबेला पार्टीसमेत चोईटिएको यो अवस्थामा आधिकारिक नेकपा कुन हो भन्ने बहस चलेपनि यसमा कुनै विवाद नै छैन् । किनकी बहुमत सदस्य हाम्रो पक्षमा (प्रचण्ड–माधव) छन् । केपी ओली गुटले रातारात संख्या थपेर जतिसुकै बहुमत देखाउन खोजिएपनि यो अवैधानिक छ । पार्टीको स्थायी समिति, सचिवालय र केन्द्रीय समिति देखी संसदीय दलमा समेत अल्पमतमा परेको केपी गुट हरेक तिकडम र जालसाँझी गरेर बहुमत सदस्य भएको देखाईएपनि आधिकारिक हिसाबले ओलीको गुट कमजोर छ । यसको ज्वलन्त उदाहरण ७ वटा प्रदेश मध्य ६ वटा प्रदेशको अवस्थालाई हेर्न सकिन्छ । त्यहाँ ओली गुट अल्पमतमा देखिएको छ ।”

नगरपालिकामा हिजो पनि ओली गुटको विउ नभएको र आज पनि नहुने मेयर शेर्पाले बताएका छन् । उनले भने,”हाम्रै जिल्लाको कुरा गर्दा ओली गुट निकै कमजोर छ । ओलीका एकाध नेता रहेपनि कार्यकर्ता र नेताहरुको हामीमा ठूलो बाहुल्यता छ । यसकारण केन्द्रमा पार्टी फुटेपनि हाम्रो क्षेत्रमा पार्टी फुटेको छैन् । हाम्रो क्षेत्रको कुरा गर्दा अग्नि सापकोटा, अमृत कुमार बोहोरा, अरुण नेपाल, माधव सापकोटा, सरल सहयात्री पौडेल, कमल नेपाल, केदार क्षेत्री, प्रदिप पौडेल, बुद्वराज वुद्वराज बस्नेत र म लगाएत जिल्ला कमिटि र वडा कमिटिका सबै एकढिक्का छौं । त्यसैले हाम्रो यहाँ फुटको कुनै महशुस नै छैन् । देशका आम जनता र पार्टीका कार्यकर्ता लगाएत कसैलाई मान्ने नहुने अनुशासनहिन, पार्टी विरोधी र संविधान विरोधी केपी ओलीले तमाम कार्यकर्ता, पार्टीका सबै कमिटीहरुको मन कुँडाएर पार्टी फोरेका छन् । अब केपी ओलीको पार्टीको सदस्य हुनु भनेको अवसवाद मात्रै हुने हो ।”

आफ्नो क्षेत्रमा पार्टी फुटको कुनै असर नभएको बताउँदै उनले पार्टी एकढिक्का भएर ओलीले गरेको प्रतिगमनको विरुद्व प्रतिरोधमा लाग्ने र संसद स्थापना गरेरै छाड्ने बताए । केन्द्रीय कमिटिका ३ सय भन्दा बहुमत सदस्य रहेको नेकपा नै आधिकारिक र मुल पार्टी भएको उनको भनाइ छ । कोही भ्रममा नपरी ओली गुटमा गएका नेता कार्यकर्ता समेत मुल पार्टीमा फर्कन समेत उनले सिन्धुवासी र नगरबासी आम कार्यकर्तालाई अपिल गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको