March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु

काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु भएको छ । मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो ।

अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दैछन् । ५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

यसअघि बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू संविधानको धारा ७६ को व्याख्यासँग सम्बन्धित रहेकाले संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको