माइतीघरमा संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षको आन्दोलन

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।
शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु माइतीघरमा भेला भएर आन्दोलनको सुरुवात गरेका हुन् ।
संसद विघटनविरुद्ध संघर्षमा उत्रिएका नेता कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक कू खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, संसद बैठक सुरु गर, प्रतिगमनकारी होसियार’ लगायतका नारा लगाएका थिए ।
सोही क्रममा अध्यक्ष प्रचण्ड र नेपाल सडकमै पलेटी कसेर बसेर आन्दोलनको नेतृत्व गरिरहेका छन् । माइतीघरमा प्रदर्शनपछि सो समुह सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।
प्रतिकृया दिनुहोस्