February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

संसद विघटनविरुद्ध दाहाल–नेपाल पक्षले आज काठमाडौंमा प्रदर्शन गर्दै 

  • 27
    Shares

काठमाडौं, नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आजबाट आन्दोलन शुरु गर्ने भएको छ । सबै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरुको उपस्थितीमा माइतिघर मण्डलबाट प्रदर्शन गर्न लागिएको हो ।

विहान नौ बजेपछि माइतीघर मण्डलामा भेला हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ । आधिकारिक नेकपा आफु भएको दावीसहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ ।

आजै दाहाल नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालका तर्फबाट संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको