February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

प्रधानमन्त्री ओली पुस २० गते भारत भ्रमणमा जाने

  • 20
    Shares

काठमाडौं, संसद् विघटन गरेर चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री केपी ओली यही पुस २० गते भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जानकारी दिएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि उनले भारत भ्रमण गर्न लागेका हुन् । सो भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिमरुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जाने भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंहलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । भारत भ्रमण कति दिनको हुने टुंगो लागिनसकेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको