
काठमाडौं – काेराेना संक्रमितको संख्या बुधबारसम्म संख्या ७ हजार १७७ पुगेकाे छ । आजमात्र ५८६ जना थपिएको छ । जसमध्ये ५३९ जना महिला रहेका छन् भने ६ हजार ६ सय ३८ जना पुरुषहरु रहेका छन्। बुधबार मात्र काेराेना संक्रमित ४० जना महिला र ५४६ जना पुरुष थपिका हुन काेराेना भाइरस संक्रमित भएर उपपचार पछि घर फर्किनेकाे संख्या हाल सम्म १ हजार १ सय ६७ जना पुगेका छन् ।जसमध्ये महिला ११२ छन् ।
र पुरुष १ हजार ५५ जना रहेका छन् । बुधबार मात्र डिस्चार्ज हुनेकाे संख्या ९ जना छन् । ती सबै पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या २० जना पुगेकाे छ ।






