February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

सर्लाहीमा नेकपा युवा नेता खानको नेतृत्वमा संसद विघटनविरुद्ध प्रदर्शन

  • 182
    Shares

सर्लाही, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय विरुद्ध सर्लाहीमा विरोध प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले बिहिवार साँझ सर्लाहीको सदरमुकाम मलागंवामा संसद विघटनको निर्णय विरुद्ध प्रदर्शन गरेको हो ।

संसद विघटन निर्णय खारेजको माग गर्दै पार्टी कार्यालयबाट सुरु भएको उक्त प्रदर्शन सर्लाही जिल्लाको विभिन्न चोक परिक्रमा गरी बालमन्दिर चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । कोणसभालाई नेकपाका युवा नेता नबिराज खानले सम्बोधन गरेका थिए ।

आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधि सभा विघटनको विरुद्ध प्रदर्शन गरेको नेता खानले जानकारी दिएका छन् । जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि प्रधानमन्त्री ओलीले खोसेको नेकपाका सर्लाही जिल्ला युवा नेता खानले आरोप लगाएका छन् ।

नेता खानको नेतृत्वमा भएको उक्त विरोध प्रदर्शनमा दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री ओलीले बहुमतको सदुपयोग गर्न नसक्दै असंवैधानिक रुपमा संसद विघटन गर्ने निर्णयको ठाडो विरोध गरेको उनले बताए ।

ओलीले जनादेश विपरीत ल्याएको संसद विघटन प्रस्ताव फिर्ता नलिएर भोलिदेखि सर्लाही जिल्लाभर चरणबद्ध रुपमा सशक्त प्रदर्शन गर्ने उनले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको