March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

कपिलवस्तुमा दुई हप्ताभित्र ७८ वटा गाईगोरु बरामद

  • 11
    Shares

कपिलवस्तु, जिल्लामा गाईगोरु तस्कारहरु सक्रिय भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुई हप्ताभित्र ७८ वटा गाईगोरु बरामद गरेको छ । प्रहरी सुरक्षा सर्तकता अपनाएपनि तस्कारहरु विभिन्न नाकाबाट गोरु तस्करी गर्दै आएका छन ।

प्रहरीले नेपाल भारतको मुख्य नाकामा सुरक्षामा कडाई गरेपछि तस्करहरु चोरबाटो भएर गोरु तस्करी गरेको खुल्न आएको छ । तस्करले प्रहरीलाई छल्दै विभिन्न हतकण्डा अपनाउदै गाईगोरुको तस्करी गर्दै आएको रहस्य खुलेको छ ।

बुधबार मात्र प्रहरीले १४ वटा गाईगोरी पक्राउ गरेपछी तस्कारले चोर नाका प्रयोग गरेको खुलेको हो । कपिलवस्तुको विजयनगर गाउँउपालिका–४ मा रहेको प्रहरीचौकी पत्थरदेईया कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले कपिलवस्तु कृष्णनगर नगरपालिका १० बकौलीमा १४ वटा गाईगोरु बरामद गरेको हो ।

भारतबाट चोरी पैठारी गरी ल्याउँदै गरेका गाईगोरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । खुल्ला सिमानाका कारण पछिल्लो समय भारतबाट अवैध रुपमा पशु चौपया ल्याउने गरेको थाहा पाएपछी सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

यसअघि गत मंसिर २९ गते कपिलवस्तुको भारतीय सीमासँग जोडिएको शुद्धोदन गाउँपालिका–२ नन्दनगरबाट ३४ थान अवैध गोरु लोड गरिएको ट्रक सशस्त्र प्रहरीले बरामद गरेको थियो । भारतबाट अवैध रूपमा भित्र्याइएका गाईगोरु बा ५ ख १३४१ नम्बरको ट्रकमा लोड गरी सर्लाहीतर्फ लैजान लागिएको थियो । सूचनाका आधारमा बि.ओ.पी. हतिहवाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सिर्जन खड्काको कमान्डमा गएको टोलीले बिहान ११ बजे ट्रक, ट्रक चालकसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएका गोरु र ट्रक सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको बताइएको छ । पक्राउ गरेका गोरुको अनुमानित मूल्य १६ लाख ७० हजार रहेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले बताए ।

यसैगरी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मंसिर २४ गते बुद्धभुमी ५ सुखलीनालाबाट ना ७ ख ३४० नम्बरको ट्रकबाट १२ गोरु र १८ गाई बरामद गरेको थियो । बरामद भएका गाईगोरु र ट्रक कृष्णनगर भन्सार कार्यालय बुझाइएको गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

पछिल्लो समय पशु चौपाया चोरी नियन्त्रणका लागि कपिलवस्तुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय बनेका छन् । कपिलवस्तुमा अवैध भित्र्याइएको खसी बोका, भैँसी, गाईगोरु दैनिक जसो पक्राउ हुँदै आएका छन ।

शीर्ष समाचार

धेरै पढिएको