February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

धरहराको २० औं तला पुननिर्माणको काम सम्पन्न

  • 34
    Shares

काठमाडौं, २०७२ सालको महाभूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । धरहराको २० औं तलाको पुननिर्माण काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीका अनुसार २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको छ । सोही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् भने धरहरा कूल २३ तला रहने पनि उनले बताए ।

धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रूत गतिमा भइरहेको सीईओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको