February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

नेकपा प्रचण्ड-माधव पक्षीय बैठक सकियो, आन्दोलन सशक्त पार्ने निर्णय

काठमाडौं, प्रचण्ड-माधव पक्षीय नेकपाको केन्द्रीय समिति बैठक सकिएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी बैठक समापन भएसँगै अध्यक्ष प्रचण्डले जस्तोसुकै परिस्थितिको सामना गर्दै सशक्त आन्दोलनमा जान सम्पूर्ण केन्द्रीय समितिलाई निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले कार्की पार्टी प्यालेसबाट आन्दोलन सुरु भएको भएको बताएका छन् । बैठकको समापन हुँदै गर्दा केन्द्रीय सदस्यहरुले संसदको कथित विघटन असफल पार्छौं, प्रतिगामी षडयन्त्र मुर्दावाद, पार्टी एकता जिन्दावाद जस्ता नारा लगाएका थिए । 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलिदेखि २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । उनले आन्दोलनका लागि संघर्ष समिति गठन भएको जानकारी दिदै संघर्षलाई सशक्त पार्ने निर्णय भएको बैठक सकिएपछि जानकारी दिएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको