April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार

नेपाली कांग्रेसले पुस १३ गते देशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय विरूद्ध कांग्रेसले आन्दोलनको घोषणा गरेको छ । आज सानेपामा बसेको केन्द्रीय समितिको बैठकले ओलीको कदमविरुद्ध पुस १३ गते देशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न निर्णय गरेको हो ।

कांग्रेस नेताहरूका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय सो बैठकले गरेको छ । कांग्रेसको रामचन्द्र पौडेल समुहले आन्दोलनमा जान नेतृत्वलाई दबाब दिँदै आएको थियो ।

ओलीले प्रतिनिधि सभा भंग गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस बैठक मंगलबारदेखि सुरु भएको हो । लगातार तीन दिनको बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएकाले राजनीतिक रुपमा प्रतिबाद गर्नुपर्ने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको