March 3, 2021, Wednesday
२०७७ फाल्गुन २०, बिहीबार

थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं, बिहीबार थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको छ ।

गत २४ घण्टामा ७३९ जना कोरोना संक्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४७ हजार ४०० संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ३८४ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ९६ हजार २५० परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ५ हजार ५१० पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ जना पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको