March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

शेरबहादुर तामाङको दम्पती दाहाल-नेपाल समूहमा सहभागी

  • 18
    Shares

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ दाहाल-नेपाल समूहमा सहभागी हुने भएका छन् ।

उनले आज विहान विज्ञप्ति प्रकाशित गर्दै तामाङले नेतृत्वसँगको परामर्शमा आफुले ओली पक्षलाई साथ नदिने निर्णय गरेको बताएका हुन् । यसअघि उनी ओली समूहले रोखेको सांसद भेला तथा केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए ।

विज्ञप्तिमा उनीहरुले विभाजनले कसैको हित नहुने भएकोले एक भएर देशको हितमा लाग्न आग्रह गरेका छन् । उनी सिन्धुपाल्चोकबाट सांसदमा निर्वाचित तामाङ पूर्वमन्त्री पनि हुन् ।

उनकी पत्नी उषाकला राईले पनि ओली पक्षले केन्द्रीय सदस्यमा गरेको मनोनयन अस्वीकार गरेकी छन् । प्रदेश एकका सांसद उषाकला खोटाङकी हुन् ।

प्रदेश एकबाट समाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, झापाका सांसद गोपाल बुढाथोकी, उदयपुरकी सांसद कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, लगायतले ओली समुहको केन्द्रीय सदस्य अस्विकार गरिसकेका छन् । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल पनि ओली समुहको केन्द्रिय सदस्य प्रति सन्तुष्ट छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको