March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

प्रचण्डलाई भेट्न चिनियाँ राजदूत याङ्छी पुगिन खुमलटार

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले चासो देखाएकी छिन । आज बिहान प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न याङ्छी बिहीबार प्रचण्डको निवास खुमलटार पुगेकी थिइन् ।

सो क्रममा राजदूत याङ्छीले बिहिवार आधा घण्टा कुराकानी भएको बुझिएको छ । याङ्छीले प्रचण्डसँग विकसित राजनीतिक घट्नाक्रमका बारेमा चासो व्यक्त गरेकी थिइन् ।

यसअघि पनि नेकपमा विवाद बढ्दा याङ्छीले नेताहरुलाई भेटेर पार्टी विभाजन रोक्न आग्रह गर्दै आएकी थिइन् । राजदूत याङछीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत आइतबार संसद विघटन गरेपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको