February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

डोटीका नौवटै स्थानीय तहका विद्यालयमा नियमित पठनपाठन शुरु

  • 3
    Shares

डोटी, विश्वव्यापी महामारी कोभिड-१९ का कारण विगत आठ महिनादेखि बन्द भएका डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमित रूपमा पठनपाठन शुरु भएको छ ।

लामो समयपछि विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा डोटीका विद्यार्थी पनि खुशी भएका छन् । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका सो विद्यालयहरुमा डोटीका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो ।

जिल्लाका नौवटै स्थानीय तहमा कम्तीमा पनि मावि, निमावि, प्रावि तथा निजी गरी कूल २०० को हाराहारीमा रहेका विद्यालय अहिले एकै साथ सञ्चालनमा आएपछि विद्यालयबाट नै कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै अभिभावक तथा शिक्षकमा भने चिन्ता बढ्न थालेको छ ।

शीर्ष समाचार

धेरै पढिएको