February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै 

  • 2
    Shares

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस बैठक मंगलबारदेखि नै शुरु भएको छ ।

आज पनि दिउँसो एक बजेपछि पार्टीे केन्द्रिय कार्यालय सानेपामा बैठक बोलाइएको छ । आजको बैठकबाट संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने तयारी कांग्रेसको छ । यसअघिसम्म बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक भएकाले राजनीतिक रुपमा प्रतिबाद गर्नुपर्ने बताएका छन ।

चुनावमा जाने कि आन्दोलन भन्नेमा कांग्रेसमा दुई मत छ । मंगलवार बसेको बैठकमा संस्थापन र इतर पक्षबिच मतभेद भए पनि आजको बैठकले निष्कर्स निकाल्ने कांग्रेस नेता गगन थापाले जिकिर गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको