
अधिकांश जनाताले नचाहेकाे एमसीसीकाे विराेधमा दिनहुँजसो प्रदर्शन हुनेगर्छ भ्रष्टाचार र एमसीसीको विरोधमा आज कोटेश्वरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले भौतिक दूरी कायम गरेर नै विरोध कार्यक्रम गरेका छन् । उनीहरुको हात हातमा विभिन्न नारा बोकेका प्लेकार्ड थिए ।
यदि एमसीसीको विरुद्धमा प्रदर्शन गर्नु अपराध हो भने मलाई पक्राउ गर, भारतबाट ल्याएको अदुवा लसुन नक्कली परेजस्तो छ, कोरोना त झन बढ्यो त डाक्टरसाहब, भ्रष्टाचार गर्न बन्द गरे, क्वारेन्टिनमा चुक्कुल हालेको भए एउटी महिला बलात्कृत हुनबाट बच्थे की ? र पिसिआर परीक्षणको दायरा बढाउजस्ता नारासहितका प्लेकार्ड बोकेर उनीहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । एमसीसीकाे विराेधमा दिनहुँजसो प्रदर्शन भए पनि सरकारले ठाेस निर्णय भने निकाल्न अझै सकेकाे छैन ।







