March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

प्रतिनिधि सभा भङ्ग हुँदा मर्माहत भए: सभामुख सापकोटा

  • 22
    Shares

काठमाडौं, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा भङ्ग हुँदा आफू मर्माहत भएको बताएका छन् । सङ्घीय संसद्को सातौँ अधिवेशनको तयारी भइरहँदा भएको विघटनले अवरोध सिर्जना गरेको उनको भनाइ छ ।

नेपालको संविधानको धारा ७६ को व्यवस्थाअनुसार सरकार रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको उनले बताए । बुधबार वक्तव्य जारी गर्दै उनले भनेका छन्, “संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो ।”

उनले संवैधानिक सर्वोच्चता कायम राख्न र संविधानको रक्षार्थ पुनः एक पटक राजनीतिक दलबीच उच्चस्तरीय समझदारी आवश्यक रहेको बताए । सङ्घीय संसद् सचिवालयको स्पष्टोक्ति यसैबीच सङ्घीय संसद् सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको समयमा विवाद नरहेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको