February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

संसद विघटन गरेर मुलुकमा अस्थिरता ल्याएको भन्दै जसपाको विशाल र्‍याली प्रदर्शन

  • 25
    Shares

कपिलवस्तु, जनता समाजवादी पार्टी कपिलवस्तुले आज जिल्लाको सदरमुकाम तौलिहवामा विशाल र्‍यालीसहित संसद विघाटनको विरुद्धमा प्रदार्शन गरेको छ । जसपाका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरीले केपी ओली सरकारले संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्र विरोधी रहेको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय भएको बताए ।

‘राजनीतिक रूपमा पनि उहाँले अत्यन्तै लोकतन्त्र विरोधी कदम चाल्नुभएको ठहरिन्छ’, उनले भने, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्धतिविरुद्ध कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’ ओलीको कदम राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने निर्णय भएको बताए । जसपाले आज निकालेको विरोध प्रदर्शनलाई प्रशासन कार्यालय अगाडी सम्वोधन गर्दै पूर्वमन्त्री चौधरीले अलोकतान्त्रिक, असंबैधानिक र गैरराजनीति उक्त निर्णय विरुद्ध सडक आन्दोलन चर्काइने चेतावनी दिएका छन् ।

केपी शार्मा आलीले संसाद विघटन गरेको विरुद्धमा र्‍यालीसहित विरोध प्रदर्शन गरिएको जनता समाजवादी पार्टीले बताएको छ । केन्द्रिय परिपत्र अनुसार हामी नेपालका ७७ वाटै जिल्लामा आज विरोध र्याली प्रर्दाशन गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताएका छन । तौलिहवाको जमुवार टोल देखि निस्केको र्यालीमा केपी ओली मुर्दाबाद, विद्या भण्डारी मुर्दावाद लगायतको नारा लगाएका थिए ।

जिल्ला प्रशासन कार्यलय अगाडी गएर कोण सभामा परिणत भएको थियो । विरोध र्‍यालीको कोण सभामा बोल्दै महिला नेतृ गिता श्रीवास्तवले अहिलेको सरकारनै नगरिकलगायत महिलाहरुलाई उत्पिडनमा पारेको बताएकी छन् । उनले भनिन केपी ओली र विद्या भण्डारीले देशलाई नै डुबाउन खाजेको अरोप समेत लगाईन ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपाको केन्द्रिय सदस्य राविदत्त मिश्राले केपी ओली र विद्यादेवी भण्डारी अलोकतान्त्रिक काम गरेको बताए । जुन कुराको संविधानमा व्यवस्था नै छैन त्यस्तो कार्य दण्डानिय भएको छ । आजको हाम्रो विरोध सामन्य विरोध मात्रै हो । यदि सच्चिएन भने यो भन्दा ठुलो अन्दोलनको आधिँवेरी ल्याउने मिश्राले बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य नारायाण प्रसाद खनालले संविधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको भन्दै उनले आक्रोस पोखे । संविधानले स्पष्ट दुई तिहाइको सरकारले संविधान विघटन गर्न नपाउने उल्लेख गरेकाले प्रधानमन्त्रीले संबिधान विरोधी हर्कत गरेको आरोप लगाए । उनले असंवैधानिक र अलोकतान्त्रिक कदमलाई न्यायलयले खारेज गर्नुपर्ने बताए । हजारौँ जनताको रगतको बलिदानी, जेलजिवन र विभिन्न संघंर्षबाट प्राप्त संघिय लोकतान्त्रिक संघीय संसदको केपी ओली र विद्याले जुन संघीय संसदको हत्या गरेका छन । त्यसको खारेजी भएन भने आझै ठुलो संर्घष गर्ने बताए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले जनआन्दोलन र मधेश आन्दोलनसँगै गरेको स्मरण गर्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आन्दोलनबाटै फालिने चेतावनी दिए । उहनले संघीयता र गणतन्त्र विरोधीविरुद्ध अब चुप लागेर नबस्ने बताए । संविधानमाथि प्रहार गर्ने यो खेलविरुद्ध एक भएर आन्दोलन गरिने चेतावनीसमेत दिए । संघीयता र गणतन्त्रलाई धरासायी पार्ने काम कसैबाट हुन नहुने भन्दै त्यसो गरिए फेरी सशक्त आन्दोलन गरिने यादवले बताए ।

जनता समाजवादी पार्टीको केन्द्रिय परिपत्र अनुसार पौष १० गते देशभरिका सबै जिल्लाका सदरमुकामहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन, पौष ११ गते सबै जिल्लाका सदरमुकामहरूमा मसाला जुलूस तथा १२ गते सबै जिल्लासहित काठमाण्डौँ उपत्यकामा विशाल जनप्रर्दाशन गरिने कार्यक्रम रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको