April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

दलको नेता चयन गर्न नेकपा प्रचण्ड–माधव समुहको संसदीय दलको बैठक आज १ बजे बस्दै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको संसदीय दलको बैठक आज बस्दै छ । बुधबार दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको सो बैठकले दलको नेता चयन गर्ने भएको छ ।

मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । सो बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको