February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

अमेरिकाका लागि राजदूत पदमा खतिवडा नियुक्त

  • 14
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेकी छन् । 

मन्त्रिपरिषद्को सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले पूर्वमन्त्रीसमेत रहेका खतिवडालाई आज अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका हुन् ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ घिमिरे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको