March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

थप ७२२ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु 

  • 12
    Shares

काठमाडौं, मंगलवार थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको हो । पछिल्लो २४ घन्टामा जम्मा ७ हजार पीसीआर परीक्षण भएको छ ।

गत २४ घन्टामा कोरोनामुक्त भई ९ सय ६६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय २९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको