March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

ओलीलाई हटाएर माधव नेपाललाई नेकपा अध्यक्ष बनाउने प्रस्ताव

  • 21
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

मंगलबार बबरमहलमा बसेको सो बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् । उनका अनुसार दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ ।

स्थायी कमिटी बैठकलगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको