March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

नेकपाको एकता महाधिवेसन अर्को मंसिर २ गते गर्ने ओली पक्षको निर्णय

  • 5
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको ओली समुहबाट नवनियुक्त प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् । 

यसअघिका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले निजि आग्रह, अाकाङ्क्षा व्यक्त गरेकाले उनलाई पदबाट हटाइएको बुझिएको छ । यस्तै ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । आज उनीहरुलाई सपथ ग्रहण गराएका छन् ।

ओली समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए । घोषणापछि उनीहरुलाई ओलीले सपथ ग्रहण गराएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको