March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी नभई नेताहरुको परामर्शमा जुटे गृहमन्त्री बादल

  • 23
    Shares

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन् । केही समय अघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रिय कमिटीको बैठक सुरु भएको छ तर, गृहमन्त्री बादल भने हाल पुल्चोकस्थित मन्त्री निवासमै छन् ।

गृहमन्त्री थापानिकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए भने मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको