April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बालुवाटारमा प्रधानमन्त्री ओली पक्षको केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक आरम्भ भएको हो ।बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको हो । 

 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कमिटीको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा आरम्भ भएको जानकारी दिए ।
ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेतापनि सहभागी रहेको बताइएको छ । 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको नजिक रहेको छ भने आजै उता प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको