February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प हो- कमल थापा

  • 1
    Share

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्विटमार्फत सो कुरा भनेका हुन् ।

संसद विघटनको वैधानिकता परीक्षण सर्वोच्चले गरे पनि निर्वाचनमा जानु सहि विकल्प भएको उनले बताएका छन् । 

उनले ट्विटरमा लेखेका छन्, “विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर”, उनले ट्विटमा उल्लेख गरेका छन्, ‘घोडा व्यापार’ र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्परअवसर हो।’  

शीर्ष समाचार

धेरै पढिएको