April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

नेकपाका दुवै पक्ष केन्द्रीय कमिटीको बैठकपछि औपचारिकतातर्फ जाने 

काठमाडौं, नेओआल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको निर्णायक बिन्दुमा पुगेको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी निर्वाचनको मिति तोकेपछि पार्टी विभाजनका लागि नेकपाका दुवै समूह अन्तिम तयारीमा जुटेका छन् ।

दुवै पक्षले यसका लागि मंगलबार केन्द्रीय कमिटीको बैठक डाकेका छन् । ओली समूहले मंगलबार बिहान ९ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको छन् भने अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ । सो बैठकमा दुवै पक्षले केन्द्रीय सदस्यको हस्ताक्षर संकलन पनि गर्नेछन् ।

ओली समूहबाट पार्टी कार्यालय सचिव ईश्‍वरी रिजालले ९ बजे वालुवाटारमा बैठक बस्ने सूचना दिएका छन् भने अध्यक्ष दाहाल र नेता नेपालसमूहबाट केन्द्रीय कार्यालयका अर्का सचिव श्रीराम ढकालले  केन्द्रीय सदस्यहरुलाई बैठकको सूचना पठाएका छन् । दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन् ।

दुवै पक्षले केन्द्रीय कमिटी बैठकबाट एकअर्कामाथि कारबाही गर्न सक्ने सम्भावना छ । पार्टी विभाजन भए सूर्य चिन्हलाई लिएर विवाद हुने सम्भावना छ । नेकपा चुनाव चिन्ह सूर्य हुनेगरी निर्वाचन आयोगमा दर्ता छ । केन्द्रीय कमिटीमा बहुमत प्राप्त दललाई पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दिनुपर्ने व्यवस्था छ ।

शीर्ष समाचार

धेरै पढिएको