February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

देशको विभिन्न ठाउँमा पाँच जनाको शव फेला

  • 1
    Share

काठमाडौं, देशका विभिन्न ठाउँमा ५ जना मृत फेला परेका छन् । सुनसरी, डोटी, अर्घाखाँची, रुपन्देही र काभ्रेमा एक एक जना मृत फेला परेको हुन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बत्तिसस्थित झुम्का नहरमा सोही ठाउँ बाङगे बस्ने ६२ वर्षीय खड्ग बहादुर कटुवाल आइतबार दिउँसो मृत फेला परेका छन् । शनिबार घाँस काट्न भनी घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा मृत फेला परेका हुन् ।

त्यस्तै अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ ढिकुरा बस्ने ४२ वर्षीया ईन्दिरा कुँवर सोही ठाउँस्थित भिरबाट लडेर आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन् । घर नजिकै रहेको आफ्नै खरयानमा घाँस काट्न भनी गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् ।

रुपन्देहीको देबदह नगरपालिका–११ कम्दिहरपुरस्थित पाठक ईट्टा भट्टामा लेवर काम गर्ने ओमसतीया गाउँपालिका–६ बस्ने ३८ वर्षीय मोहन कहार उक्त ईटाँभट्टाको कम्पाउण्डभित्र आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका–८ चौउन्न किलोस्थित चाहखोलाको छेउमा मण्डनदेउपुर नगरपालिका–१ चन्दने बस्ने नवराज दमाईको छोरा ३ वर्षीय सरोज दमाई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । शुक्रबार आमा सुनिता बर्देबासँग मामाघर सिन्धुपाल्चोक मेलन्ची गई घरतर्फ फर्कने क्रममा सरोज उक्त स्थानबाट हराएको भन्ने बुझिएको छ ।

त्यस्तै डोटीको पूर्वी चौकी गाउँपालिका–६ मुलापानी बस्ने ४५ वर्षीय भीम बहादुर श्रेष्ठ आइतबार दिउँसो सोही ठाउँस्थित चरी भीरमा मृत अवस्थामा फेला परेका छन् । बुधबार घरबाट पैसा असुली गर्न जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको