March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

रिमाइन्डर भन्दै बाबुरामको मध्यरात यस्तो ट्विट: भन्छन संसद विघटन हुन सक्दैन

काठमाडौं, जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई सोमबार मध्यरात रिमाइन्डर भन्दै नेपालको संविधानले व्यवस्था गरेको प्रणाली प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेष्टमिन्सटर प्रणाली नभएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले विद्यमान राजनीतिक प्रणाली वेष्टमिन्सटर प्रणाली नभई बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुननसक्ने नयाँ प्रणाली भएको दाबी गरे ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्ः ‘हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रमको संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभै बहुमत प्राप्त सरकार बन्ने संम्भावना भएसम्म संसद विघटन हुननसक्ने नयॉ प्रणाली हो’ ।

यस्तै नेता भट्टराईले क्रान्तिपछि संविधानसभाबाट बन्ने संविधान निर्माणमा मुख्य भूमिका सभाध्यक्ष वा कानूनविदनको नभई क्रान्तिकारी नेताहरु र व्यवहारिक रुपमा विषयगत समिति र संवैधानिक समितिका सभापतिको हुने जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको