March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

संसद विघटन विरुद्ध सर्वोच्चमा ११ वटा रिट दर्ता

  • 6
    Shares

काठमाडौं, प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा एघार वटा रिट दर्ता भएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन गरेपछि त्यसको बिरुद्धमा परेका रिट आज अदालतले दर्ता गरेको हो ।

त्यसमध्ये १० वटा रिट सर्वोच्च अदालतका नियमित इजलासमा पेश हुने गरी दर्ता भएका छन् । अधिवक्ता सन्तोष भण्डारीले भने सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ गर्ने मागसहितको रिट दर्ता गराएका छन ।

दर्ता भएका रिटहरूका लागि बुधबारका लागि पेशी तोक्ने निर्णय सर्वोच्चले गरेको छ । नेकपाका ८७ जना सांसदले भने रिट दर्ता गराइनसकेको सर्वोच्चले जानकारी दिएको छ । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी सहित त्यसलाई उल्ट्याउन माग गर्दै रिट दर्ता भएका हुन ।

सबै रिटमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको भन्दै उनको त्यस्तो कदम अनधिकृत भएको भन्दै उल्टाउन माग गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको