February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

थप ७ सय ४२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

  • 13
    Shares

काठमाडौं, सोमवार थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा ६ हजार ३ सय ५१ पीसीआर परीक्षण भएका छन् ।

गत २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको