February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

प्रधानमन्त्री ओलीले बोलाए नेकपा केन्द्रीय कमिटीको बैठक

  • 2
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

नेकपा कार्यालय सचिव ईश्वर रिजालका अनुसार भोलि बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बस्ने भनि सबै केन्द्रीय सदस्यलाई जानकारी पठाएको छ ।

हिजो बसेको (प्रचण्ड पक्षको) स्थायी कमिटीको बैठकले मंसिर ७ गते बैठक बस्ने निर्णय गरेको थियो ।
प्रचण्डले ३ बजेका लागि बबरमहलमा बैठक बोलाएका छन् भने अ‍ोलीले बालुवाटारमै विहान ९ वजेका लागि बैठक बोलाएको बताइएको छ ।

संसद विघटनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएपछि पार्टीका दुवै पक्षले आ–आफ्नो पक्षको भेला शुरु गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको