March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

संसद् विघटन आकस्मिक र अप्रत्याशित होइन: प्रधानमन्त्री ओली

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरेका हुन् ।

उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए । हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको उनको भनाइ छ । 

‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो’, उनले भने ।  

प्रधानमन्त्रीले सत्तापक्षकै नेताहरु प्रतिपक्षीभन्दा आक्रामक भएको बताउँदै अब हुने चुनावमार्फत लोकप्रियता र क्षमताको मापन गर्न चुनौती दिनुभयो । उनले बहुमतप्राप्त सर्वसम्मत नेतालाई काम गर्न नदिएको र जस्केलाबाट प्रधानमन्त्री हुन खोजेकाले अलोकप्रिय निर्णयमा पुग्नुपरेको बताए । ‘प्रधामन्त्री बन्न व्यग्र प्रतिक्षावान र प्रयासमा रहनुभएका नेताहरुलाई ताजा जनादेशले विकल्प दिनेछ,’ उनको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको