February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

संसद् विघटन जनताको चाहना नभए पनि दुःखद् बाध्यता: मुख्यमन्त्री राई

  • 9
    Shares

झापा, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताएका छन् ।

भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको आज उद्घाटन गर्ने क्रममा उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका हुन् ।

“बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम जे हुन्छ, त्यही अवस्था सिर्जना भयो”, जनताले स्थिर सरकार र विकास निर्माणका कार्यका लागि जनादेश दिँदासमेत केही अस्थिरता चाहनेले समृद्धिको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेको चर्चा गर्दै मुख्यमन्त्री राईले भने, “महाधिवेशनबाट नीति र नेतृत्वको छिनोफानो गर्ने सहमति र अभिभारातर्फ जानुपर्नेमा नेकपाभित्र विवाद भयो, अहिले दुःखद् बाध्यता सिर्जना हुनपुग्यो ।”

उनले सङ्घीय संसद् विघटन जनताको चाहना नभए पनि दुःखद् बाध्यता भएको बुझाउन अब जनतामा जानुपर्ने बताए । भद्रपुर नगरपालिका वडा नं १० मा ग्रामीण प्रशिक्षण केन्द्रलाई सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि यहाँ प्रदेश प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको