February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका अगुवाहरू प्रहरी नियन्त्रणमा

  • 10
    Shares

काठमाडौं, प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मी तथा नागरिक अगुवाहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अहिले सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुर्‍याइएको छ ।

पक्राउ पर्नेमा मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, नागरिक अगुवा कृष्ण पहाडी, मानवअधिकारकर्मी कृष्ण कँडेलसहित १६ जना छन् । उनीहरूले संविधानसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै ‘संसद् विघटन लाेकतन्त्रको सबैभन्दा ठूलो उपहास’ भएको जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको