February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

टिकटक बनाउने जोशमा एक युवकले गुमाए ज्यान

  • 1
    Share

दाङ, पछिल्लो समय युवा पुस्तको भिडियो शेयरिङ एप टिकटकमा निकै प्रभाव निकै परेको देखिन्छ । उनिहरु फुर्सद पायो कि टिकटकतिरै झुम्मिन्छन् । त्यहाँ भिडियो बनाएर आफू भाइरल हुनका लागि जस्तो सुकै जोखिम मोल्न पनि तयार हुन्छन् ।

दाङमा एक यस्तै घटना भएको छ । टिकटक बनाउने जोशमा एक युवकले ज्यान गुमाएका छन् । आइतबार झोलुंगे पुलबाट खसेका युवकको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षिय रमेश थापा हुन् । उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

शनिबार दिउँसो दुई बजेतिर बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा उनी खसेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको