प्रधानमन्त्रीविरुद्ध बिघटित प्रतिनिधिसभाका ९० सांसद हस्ताक्षरसहित आज अदालत जाँदै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटनको सिफारिश लगेको एक घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि २७५ प्रतिनिधिसभा सांसद भूतपूर्व भएका छन् । जसमध्ये १७४ सत्तापक्ष र १०१ विपक्षका छन् । सभामुख पद भने कायमै रहनेछ ।
नेकपाका १७४ जनामध्ये ९२ जना प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा छन् । उनीहरुमध्ये ९० जनाले आइतबार विहानै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । दुईजना मन्त्रीबाट राजीनामा दिई ओलीविरुद्ध उभिइसकेका छन् ।
प्रधानमन्त्री ओलीले संसद बिघटन गरेपछि नेकपाका निवर्तमान सांसदहरु अदालत जाने भएका छन् । उनीहरुले आजै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका हुन् । सबैले हस्ताक्षरसहित सामूहित रिट दायर गर्न लागेका हुन् ।









प्रतिकृया दिनुहोस्