सानेपामा आज कांग्रेसको सर्वदलीय बैठक बस्दै

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पाैडेलका अनुसार आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको कदमबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।
सो बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेका थिए ।
प्रतिकृया दिनुहोस्