February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

कोभिड १९ विरुद्धको खोपको लागि १० अर्ब रुपैयाँ विनियोजन

  • 1
    Share

काठमाडौं, सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको खरिद, व्यवस्थापन र वितरण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । कोभिड १९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना तयार गरी पहिलो चरणका लक्षित समूहलाई माघसम्म खोप लगाउने गरी तयारी सरकारले गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिकदेखि माघसम्मका लागि सार्वजनिक गरेको ४ महिनाको कोभिड १९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा खोपसम्बन्धी क्रियाकलापहरुका लागि १० अर्ब २५ करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको जनाएको छ ।

कार्ययोजनाबमोजिम खरिद गर्नु पर्ने खोपसहितका अन्य अत्यावश्यक आमग्री, औषधि तथा उपकरणहरुका लागि छुट्याइएको बजेट मध्ये संघीय सरकारले ६५ प्रतिशत खर्च गर्ने जनाइएको छ । जसमध्ये ५० प्रतिशत सम्बन्धित अस्पतालहरुलाई प्रतिकेस व्यवस्थापन गरे वापत शोधभर्ना गर्ने उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको