
काठमाडौं – साेमबार मात्र ४५१ जना काेराेना संक्रमित थपिएको छ । याे सँगै नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या ६ हजार २ सय ११ पुगेकाे छ ।जसमध्ये ४७१ महिला र ५ हजार ७४० जना पुरुष रहेका छन् । काेराेना संक्रमित भइ हालसम्म मृत्यु हुनेकाे संख्या १९ रहेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा डिस्चार्ज हुने ६७ जना रहेका छन् । याे सँगै नेपालमा हालसम्म डिस्चार्जहनेकाे संख्या १ हजार ४० जना पुगेका छन् । जसमध्ये १०४ महिला र ९३७ जना पुरुष रहेका छन्।





