रसुवामा नेकपाकै कार्यकर्ताद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

रसुवा, रसुवामा युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । संसद विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै रसुवामा नेकपाकै कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
आइतबार साँझ रसुवाको कालिकास्थानमा नेकपाकै विद्यार्थी तथा युवाहरुले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्नुका साथै पुत्ला जलाएका हुन् । प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेसँगै राजनीतिमा छुट्टै अन्तरङ्ग फैलिएको छ भने आफ्नै प्रार्टीका नेता तथा कार्यकर्ताहरुले चौतर्फी विरोध र आलोचना गरिरहेका छन् ।
संसद विघटन सिफारिस फिर्ता लिन भन्दै आइतबार साँझ काठमाडौं उपत्यकालगायतका विभिन्न ठाँउमा विरोध प्रदर्शन भएको छ ।
प्रतिकृया दिनुहोस्